एक महिनापछि आजदेखि खुल्यो विद्यालय

एक महिनापछि आजदेखि खुल्यो विद्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएका शैक्षिक संस्थाहरु आजदेखि खुला भएका छन् ।

सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार १ महिनादेखि बन्द गरिएका विद्यालयहरु आजदेखि खुला गरिएका हुन् । यससँगै देशैभरिका शिक्षालयमा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन भएका छन्।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशैभरीका विद्यालयहरु बन्द गराएको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई सबै विद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।