प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदकाे हस्ताक्षर

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदकाे हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान  संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाअभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा जिकिर गरिएको छ ।  केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए।

सर्वाेच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो। यसअघि सुशीला कार्कीविरुद्ध पनि महाअभियोग दर्ता भएको थियो।