काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार ६ हजार ३७ जनाको पिसिआर परीक्षण गर्दा ४२७ जना र ४ हजार ७८जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जना गरी ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ पुगेको छ । आज ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८९२ पुगेको छ । केहि दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया