काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पीसीआर विधिबाट ४ हजार २५६ र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परिक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जना पुगेको छ । आज देशभर थप १ हजार ८३५ जना कोरोना संक्रमित निको भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया