काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाे छ ।
दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाकाे आँकलन छ । साेही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।




प्रतिक्रिया