काठमाण्डु उपत्यकामा एकैदिन १५७७ सवारी चालकमाथि कारवाही

काठमाण्डु उपत्यकामा एकैदिन १५७७ सवारी चालकमाथि कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । ट्राफिक प्रहरीले बुधबार काठमाण्डु उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरेको हो ।

महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।