काठमाण्डु – सरकारले नेपाल प्रहरीमा तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको गरेको एक मन्त्रीले बताए ।
तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । तीन एआईजीका लागि डीआईजीहरू धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, ईश्वरबाबु कार्की,बसन्त पन्त, घनश्याम अर्याल र गणेशबहादुर ऐर दौडमा छन् । कार्की, पन्त, अर्याल र ऐर आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।




प्रतिक्रिया