कलंकीमा कुकर बम फेला, सेनाले गर्‍यो डिस्पोज

कलंकीमा कुकर बम फेला, सेनाले गर्‍यो डिस्पोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कलंकीस्थित ढुंगेअड्डामा भेटिएको कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरका अनुसार कालिका पेट्रोल पम्प नजिक दुई वटा जेब्रा झोलामा भेटिएको शंकास्पद बस्तु कुकर बम पुष्टि भएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

बिहीबार राति सवा दुई बजेतिरै उक्त स्थानमा केही व्यक्तिले शंकास्पद वस्तु फालेर गएको स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।  बम कसले राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।