काठमाण्डु – सत्तारुढ गठबन्धन बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमसीसी अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ ।
एमसीसी संसदमा टेबल गर्ने विषयमा छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।
बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो। बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू उपस्थित थिए।




प्रतिक्रिया