शनिबारको मौसम कस्तो रहला ?

शनिबारको मौसम कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशमा कुनै उल्लेखनिय माैसम प्रणाली नभएपनि बिहान तराईका थोरै भू-भागमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने माैसम पूर्वानुमान महाशाखाकाे आँकलन छ ।

त्यस्तै, आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।