काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज मुलुकभर मौसम सामान्यतया सफा रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।




प्रतिक्रिया