एमसीसीको विरोध गर्नेले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीलाई थपियो सुरक्षाकर्मी

एमसीसीको विरोध गर्नेले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीलाई थपियो सुरक्षाकर्मी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

आइतबारको संसद बैठकमा सञ्चारमन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेपछी उनको सुरक्षा बढाइएको हो ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सञ्चारमन्त्री कार्कीको सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो ।