एमसीसी विवाद : अमेरिका, अष्ट्रेलियासहित १० देशका राजदूत आकस्मिक छलफलमा

एमसीसी विवाद : अमेरिका, अष्ट्रेलियासहित १० देशका राजदूत आकस्मिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिका, अष्ट्रेलियासहित १० देशका राजदूतहरुले आकस्मिक छलफल गरेका छन् । एमसीसी पास गर्ने विषयमा सत्तारूढ गठबन्धनबीच तीव्र मतभेद जारी रहेको र प्रमुख प्रतिपक्षीसंग पनि कुराकानी नमिलेको बेला बेलायती दूतावासमा पश्चिमा राष्ट्रका राजदूतहरु आकस्मिक छलफलमा जुटेका हुन् ।

परराष्ट्र स्रोतका अनुसार मंगलबार बिहान भएको आकस्मिक छलफलमा अमेरिकी राजदूत र्याण्डी बेरी, युरोपियन युनियनकी राजदूत नोना डेप्रज, स्विटजरल्याण्डकी राजदुत एलिजाबेथ भोन क्याप्लर, नर्वेजियन राजदूत टोरुन ड्रम्डल, अष्ट्रेलियन राजदूत पीटर बड, संयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्ती, जर्मन दूतावासका डिसिएमलगायत १० वटा कूटनीतिक निकायको प्रतिनिधि सहभागी थिए ।

लैनचौरस्थित बेलायती दूतावासमा हिजो बिहान १० बजेदेखि झण्डै साढे दुई घण्टा उनीहरुबीच गहन छलफल भएको परराष्ट्र स्रोतले पुष्टि गरेको छ । बिकास, अन्तर्राष्ट्रिय सहयोग र प्रजातन्त्रका नाममा उनीहरु यस्ता भेलाको आयोजना गर्ने गर्छन् । तर, भोलि बस्ने संसद बैठकबाट एमसीसी अघि बढाउने सरकारले घनिभूत तयारी गरिरहँदा आयोजित पश्चिमा कूटनीतिज्ञहरुको भेलालाई अर्थपूर्ण मानिएको छ ।