पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ८७ जना थपिए

पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ८७ जना थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन गरि ८ हजार ६९३ परीक्षणका क्रममा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा थप ८७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० संक्रमित थपिएका हुन् ।