संसद बैठक आज बस्दै,एमसीसीमाथि छलफल हुने

संसद बैठक आज बस्दै,एमसीसीमाथि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रतिनिध सभाको बैठक आज बस्दैछ ।नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसीबारे छलफल सुरु हुनेछ ।

प्रतिनिधिसभाको बैठक अघि ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ । गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको दुई सम्भावित कार्यसूचीमध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्नेछन् ।

तर अर्थमन्त्री शर्मा भने एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् । सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ ।