काठमाण्डु – विश्व हिन्दू युवा संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनले विश्व हिन्दू विद्यार्थी संघ नेपालको केन्द्रीय अध्यक्षमा रमेश कुँवरलाई चयन गरेको छ ।
लामो समयदेखि हिन्दू युवा संघमा क्रियाशील विद्यार्थी नेता तथा आध्यात्मिक अभियन्ता कुँवरलाई संघको विद्यार्थी विभाग प्रमुख तथा विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइएको हो ।
आधुनिकताको विकाससँगै विद्यार्थीहरू कूलत, दुर्व्यसनीमा फसिरहेको अवस्थामा हिन्दू विद्यार्थी संघले विद्यार्थीलाई सत्मार्गमा डोर्याउने अध्यक्ष कुँवरले बताए । ‘विद्यार्थीलाई सानैदेखि सांस्कृतिक, धार्मिक कुरामा सचेत गराउँदै सत्मार्गमा डोर्याएर समाजमा शान्ति र सद्भाव कायम गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने ।
हिन्दू विद्यार्थी संघ राजनीतिक आरोप–प्रत्यारोपबाट टाढा रहँदै संस्कृति, परम्परा, पहिचान र पूर्वीय दर्शनको पुनर्जागरणमा केन्द्रित हुने अध्यक्ष कुँवरले बताए ।




प्रतिक्रिया