युक्रेन-रुस युद्ध सुरु : बिहानै ५ बिस्फोटको आवाज, सैन्य कारवाही गर्ने पुटिनको घोषणा

युक्रेन-रुस युद्ध सुरु : बिहानै ५ बिस्फोटको आवाज, सैन्य कारवाही गर्ने पुटिनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  लामो तनावबीच रुस र युक्रेनबीच युद्धको घोषणा भएको छ । रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको डोनित्स्कमा ५ वटा बिस्फोटको आवाज सुनिएपछि पृथकतावादी संगठनले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग सहयोग मागेका थिए ।

सहयोग मागेपछि पुटिनले बिहीवार आकस्मिक सम्बोधन गर्दै सैन्य कारवाही गर्ने घोषणा गरेका छन् । पुटिनले अब रुस–युक्रेन युद्ध टार्न नसकिने बताएका छन् ।

रुस र युक्रेनको युद्धको बीचमा आउने खोज्ने बाहिरी देशलाई समेत चेतावनी दिँदै पुटिनले अमेरिकालाई चेतावनी दिएका छन् । पुटिनले भने, ‘बाहिरबाट जो कोही पनि यसमा हस्तक्षेप गर्न चाहन्छ, उसले इतिहासमा कहिल्यै नभोगेको नतिजा भोग्नुपर्ला । आवश्यक सबै फैसला लिइएका छन्, आशा गर्छु कि तिमीले मलाई सुन्यौ होला ।’

यतिबेलाको विवाद रुसका लागि जीवन–मरणको सवाल रहेको पुटिनले बताएका छन् । सो क्षेत्रमा लगातार बिस्फोट र गोलाबारी भइरहेको छ भने निषेधाज्ञा जारी गरिएको छ ।

बिस्फोट भएका क्षेत्रमा विशेष सैन्य कारवाही शुरू गरिएको पुटिनले घोषणा गरेका छन् । युक्रेनमाथि हस्तक्षेप नगर्न अमेरिकाले रुसलाई चेतावनी दिँदै आएको थियो ।