पुस्कर कार्कीलाई रोक्ने रणनीतिमा आईजीपी, को–को बन्दैछ एआईजी?

पुस्कर कार्कीलाई रोक्ने रणनीतिमा आईजीपी, को–को बन्दैछ एआईजी?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–२९ चैत २०७४ देखि रिक्त रहेको नेपाल प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पदका लागि पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) बीच प्रतिस्पर्धा सुरु भएको छ।

मन्त्रिपरिषद्को २४ जेठको बैठकले नेपाल प्रहरीमा कायम रहेका १५ एआईजी पदलाई कटौती गरी ३ जनाको दरबन्दी कायम गर्ने निर्णय गरेपछि सिनियर पाँच जना डिआईजीबीच एआईजीका लागि प्रतिस्र्धा भइरहेको हो।

बढुवा सिफारिस कहिले हुने एकीन नभएपनि अब सिनियर डीआईजी पुस्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्नेत र सुरेशबिक्रम शाहमध्येबाट तीन जना एआईजीमा बढुवा हुने छन्।

सरकारले सर्वेन्द्र खनाललाई आईजीपी नियुक्त गरेपछि उनका ब्याची रमेश खरेलले डीआईजी पदबाट राजीनामा दिएका थिए। आईजीपीमा खनालसँगै प्रतिस्पर्धामा रहेका कार्की अहिले पहिलो नम्बरमा छन्। नेउपाने दोस्रो, राई तेस्रो, बस्नेत चौथो र शाह पाँचौं नम्बरबाट एआईजी बढुवाका दावेदार हुन्।

सरकारको पछिल्लो निर्णयअनुसार अब पुलिस एकेडेमीसहित कार्य र अनुसन्धान तथा प्रशासन र मानव साधन स्रोत विभागको नेतृत्वमा एआईजी हुनेछन्। नेपाल प्रहरीमा प्राविधिकतर्फ यसअघि नै एक एआईजी कायमै थिए । प्राविधिक अर्थात् प्रहरी अस्पतालमा पनि एकजना एआईजी हुनेछन् ।

अब सरकारले सिनियर डिआईजीबाट चाँडै नै एआईजीमा बढुवा नगरे कात्तिकसम्म स्थगित हुने छ। साउन ७ गतेसम्म पुरानै कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न सकिन्छ। तर, आईजीपी खनाल अहिले बढुवा नगरेर आर्थिक वर्ष ०७४–७५ को समेत कार्य सम्पादन हेर्नेगरी आगामी कात्तिकमा बढुवाको मुडमा छन्।

प्रहरी स्रोतका अनुसार आईजीपी खनाल अहिले एआईजी बढुवा भन्दा पनि कसरी कार्कीलाई रोक्न सकिन्छ भनेर लागि परेका छन्।

बढुवालाई कात्तिकमा धकेल्दा सिनियर पाँच डिआईजी बाहेकका पनि बढुवाको प्रतिस्पर्धामा आउन सक्छन्। र, कार्कीलाई राकेर पाँच बाहेकका डिआईजीबाट पनि बढुवा गर्न सकिए आफूलाई बल पग्ने खनालले बुझेको एक पूर्वप्रहरी अधिकारीको विश्लेषण छ।

तर, लोकसेवा आयोगका अध्यक्ष स्वयं वा उनले तोकेका सदस्य पदपूर्ति समितिको अध्यक्ष हुने व्यवस्था रहेकाेमा आयोगले तोकेका सदस्य वृन्दा हाडा भट्टराई अमेरिका भ्रमणमा रहेको भन्दै पदपूर्ति समितिको बैठक नबसेको बताइएकाे छ।

सम्बन्धित समाचार
यसरी असफल हुँदैछन् आर्इजीपी सर्वेन्द्र खनाल !
प्रहरी संगठन बन्यो पंगु, ‘सेलिब्रेटी’ सर्वेन्द्रको भयानक स्वार्थ !
अमेरिकी राजदूतसहितको उपस्थितिमा नेपालमा दलाई लामाको जन्मोत्सव, गृहमन्त्री र आइजीपी ‘चुप’