रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू

रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनमा सैन्य कानुुन लागू गरिएको छ । रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका हुन् ।

रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गर्नुका साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने बताएको केहीछिनमै युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको थियो ।

किभको प्रमुख विमानस्थल नजिकै गोलाबारीको आवाज समेत सुनिएको इन्टरफ्याक्स न्यूज एजेन्सीले उल्लेख गरेको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमार्फत युक्रेनका केही शान्तिपूर्ण सहरहरूमा समेत हमला गरेको बताएका छन् ।