प्रधानन्यायाधीश जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध ल्याइएको महाभियोग प्रस्तावविरुद्ध रिट दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावविरुद्ध रिट दर्ता भएको छ ।बिहीबार जबराविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावविरुद्ध अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्दलगायतले दायर गरेको रिट संवैधानिक इजलासमा दर्ता भएको हो ।

फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेशसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गर्न उक्त रिटमा माग गरिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका सांसदहरुले जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

नेपाली कांग्रेसक संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।