बोलिको ठेगान नहुदा कानुनमन्त्रीको पद खोसीयो ! राजीनामा दिन नेकपाको निर्देशन

बोलिको ठेगान नहुदा कानुनमन्त्रीको पद खोसीयो ! राजीनामा दिन नेकपाको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने सम्भावना छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए।

यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे
मन्त्री तामाङको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत उनको आलोचना गरेका थिए । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी समेत मागेका थिए ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।

बालुवाटारमा सोमबार राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका हुन।

मन्त्रीको अभिव्यक्ति

गत शुक्रबार कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पनि आज म कथा खोल्छुु भन्दै यही विषयमा बोलेका छन् । प्रा. डा. केसीको अनशनप्रति कडा टिप्पणी गरेका मन्त्री तामाङले नेपालबाट डाक्टर पढ्न गएका चेलीले  आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति नभएको बताएका थिए।

शुक्रबार राजधानीको चाबहिलमा प्राक्सिस इन्टरनेसनल एकेडेमीले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई दिने कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री तामाङले फागुन अन्तिम साता भएको युएस बंगला एअर दुर्घटनाको प्रसंग उठाउँछन्। उनी भन्छन् बंगला एअरदुर्घटना हुँदा २१ जना डाक्टरहरू जो बंगलादेशमा पढेर आए ती यहीँ हाम्रो एअरपोर्टमा आएर बिते। बास्तवमा, यो मार्मिक कति मार्मिक छ कुरा ल हेर्नुस् त।

युएस बंगला एअर दुर्घटनाको प्रसंग उठाएर त्यसलाई  मार्मिकु भनेका उनी अचानक बंगलादेशमा डाक्टर पढ्न गएका चेलीबारे बोल्न थाल्छन्। उनी भन्छन् आज म कथा खोल्छु बंगलादेशमा कोही चेलीहरू हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनको लागि मैले सुन्याछु ,उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। मैले सुन्याछु यति मार्मिक छ कथा। तिनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू। हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नलाई विदेशमा पठाउँछौँ। तर उसले आफूलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन।