काठमाण्डु – सरकारले काठमाण्डुको माइतिघरदेखि बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसीविरुद्ध प्रर्दशन गर्ने भएपछि प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा सैद्धान्तिक छलफल हुँदैछ । एमसीसीका विरोधमा बिभिन्न राजनीतिक दल, जनबर्गी संगठन लगायतले विरोधको कार्यक्रमहरु राखेका छन् ।
विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्ये नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ ।
अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।




प्रतिक्रिया