बालुवाटार जग्गा प्रकरण : न्यायाधीश गौतमविरुद्धको मुद्दा बदर गर्ने सर्वोच्चको आदेश

बालुवाटार जग्गा प्रकरण : न्यायाधीश गौतमविरुद्धको मुद्दा बदर गर्ने सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका न्यायाधीश विनोदकुमार गौतमको मुद्दा बदर गर्ने आदेश दिएको छ ।अख्तियारले विशेष अदालतमा दायर गरेको गौतमविरूद्धको भ्रष्टाचार मुद्दा बिहीबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बदर गरेको हो ।

न्यायाधीश गौतमविरूद्ध अख्तियारले २०७६ माघ २२ गते बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउने कार्यमा संलग्न भएको भन्दै उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चले न्यायाधीशलाई अख्तियारले मुद्दा चलाउने क्षेत्राधिकार नभएको भन्दै उक्त मुद्दा बदर गरेको हो ।

गौतम भूमिसुधार मन्त्रालयमा उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको अख्तियारको आरोप थियो । न्यायाधीश गौतम चितवन जिल्ला अदालतमा कार्यरत हुँदा बालुवाटार जग्गा प्रकरणबारे अनुसन्धान र अभियोजन भएको थियो । मुद्दा चलेपछि न्यायाधीश गौतम निलम्बनमा परेका थिए । सर्वोच्चले आदेश दिएसँगै उनी पदमा बहाल भएका छन् ।