शनिबार १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

शनिबार १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घन्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५१५२ जनाको नमुना परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप २ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३४ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ५४० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।