काठमाण्डु – मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेकपा सहित ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु प्रहरीका अनुसार जबरजस्ती बन्द गराउन खोज्ने तथा तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरिएको हो । बन्दकर्ताले केही सवारीसाधनमा पनि तोडफोड गरेको प्रहरीको भनाइ छ । बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ ।सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।




प्रतिक्रिया