यस्तो छ सोमबारको मौसम पूर्वानुमान

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहान पहाडी भूभागको मौसममा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म यो प्रणालीको सामान्य प्रभाव रहे पनि साेमबारबाट मुलुकभरको मौसममा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो पहाडी भूभागको मौसममा आंशिक बदली भए पनि अन्य भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।