सुदूरपश्चिम माओवादीको अध्यक्षमा चौधरी र सचिवमा बुढा विजयी

सुदूरपश्चिम माओवादीको अध्यक्षमा चौधरी र सचिवमा बुढा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । उनी प्रदेशका पर्यटनमन्त्री रहेका मानबहादुर धामीलाई २० मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

चौधरीले कुल खसेको २१० मध्ये ११४ र धामीले ९३ मत पाए । सहमतिमा नेतृत्वको टुंगो नलागेपछी निर्वाचन भएको थियो । प्रदेश कमिटीका सदस्यहरुले मतदानमा भाग लिएका थिए ।

उपाध्यक्षमा रणबहादुर कुंवर १०१,अक्कलबहादुर रावल १००र मानसिंह माल १२४ सचिवमा जनक बुढा १६४ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी सहसचिवमा नन्दबहादुर साउंद १५७, रामबहादुर देबकर १४६ र अन्जिता श्रेष्ठ १०८ र कोषाध्यक्षमा कमलकुमारी शाह ११३ मत ल्याएर विजयी भईन ।