सेना दिवस : सेनाकै हेलिकोप्टरमा जन्मियो शिशु

सेना दिवस : सेनाकै हेलिकोप्टरमा जन्मियो शिशु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन् । खत्याड गाउँपालिका–४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन् ।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।