काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभरको मौसममा प्रभाव पार्ने कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १,बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएको छ । राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।




प्रतिक्रिया