एमसिसी परियोजनाका लागि १० कर्मचारी माग

एमसिसी परियोजनाका लागि १० कर्मचारी माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले एमसीसी परियोजनाका लागि कर्मचारी माग गरेको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको एमसिए नेपालले मंगलबार सूचना जारी गर्दै एमसीसी कार्यान्वयनका लागि विभिन्न १० पदमा कर्मचारी माग गरेको हो ।

एमसिसी सम्झौता गत आइतबार संसदबाट अनुमोदन भएको थियो । सम्झौता अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि कर्मचारी मागिएको हो ।

एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो  । योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।

एमसिसीले अनुदानमा दिने ५० करोड अमेरिकी डलर नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउनमा खर्च हुनेछ ।