यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

आज सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।