सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा सुरु, के-के छन् एजेण्डा ?

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा सुरु, के-के छन् एजेण्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत आइतबार प्रतिनिधिसभाबाट अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा एमसीसी कार्यान्वयन, विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी, महाअभियोग प्रस्ताव, संसद्मा जारी अवरोधलगायत विषयमा छलफल भैरहेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत सहभागी छन् ।

एमसीसी विवादकै कारण सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ । अहिले गठबन्धनमा ४ दल मात्र छन् ।