स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने सत्ता गठबन्धनको निर्णय

स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने सत्ता गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । आज बिहान बसेको बैठकमा गठबन्धन दलहरुले अहिलेसम्म आफूले गरेको कामको समीक्षा गरेका छन् ।

स्रोतका अनुसार सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेकाे छ । ‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो,’ स्रोतले भन्यो ‘ वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको छ ।’

आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी भएका थिए ।