काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परीक्षणका क्रममा ७० जना र २ हजार ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ३५ जना गरी जम्मा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर ३ सय २० जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया