काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन र कर्मचारी समायोजनका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
“निजामती सेवा समायोजनमा देखिएको असन्तुष्टिलाई यथाशीघ्र सम्बोधन गरिन्छ, जनतालाई मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्छ”, उनले भने । राजनीतिका आधारमा निजामती कर्मचारीलाई भेदभाव नगरी राष्ट्रहितका लागि उनीहरुलाई लगाउनुपर्ने उहाँको भनाइ थियो । उनले प्रभावकारी ढङ्गले काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे ।




प्रतिक्रिया