माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । आज ११ बजेका लागि तय भएको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको हो ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी दिए । शुक्रबार राष्ट्रिय सभागृहबाट सुरु भएको आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने छ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुने उनले बताए । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डातय गरेको छ ।