काठमाण्डु – तनहुँको दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । दमौली चोकस्थित भुपाल हार्डवेयरमा बिहान १० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको हो ।
आगलागीबाट अन्य ४ वटा घर जलेका छन् । सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
आगो नियन्त्रणमा लिनका लागि जमिनबाट पनि दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । आगो निभाउने प्रयास भइरहेकोे छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । हालसम्म कति क्षति भए भन्ने विवरण आउन सकेको छैन् ।




प्रतिक्रिया