एमाले सांसद बानियाँ निलम्बित

एमाले सांसद बानियाँ निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद बानियाँ निलम्बित भएका हुन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराएका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी दिए ।

सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् । माओवादी निकट एक शिक्षिकाले आफुलाई होटलमा लगेर बलात्कार गरेको भनि सांसद बानियाँ विरुद्ध उजुरी दिएकी थिइन् ।