काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२९ जनामा परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर ५३८ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया