२ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

२ दिने शिशुसहित ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको हो ।

सोमबार बिहान ४ जनाको शव घरमै भेटिएको थियो भने एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । यस्तै २२ वर्षीय शुभ स्याङतानको भने गम्भीर अवस्थामा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए ।  दुई दिने शिशुको भने उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।