काठमाण्डु – नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक जारी छ । आज बिहान ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा बस्नेगरि तय भएको बैठक नेताहरू आन्तरिक छलफलमा व्यस्त रहँदा केहीबेर अघिबाट मात्र सुरु भएको हो ।
शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयमा छलफल भएपछि आइतबार बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको थियो । बैठक पार्टीको कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुन सकेको छैन ।
माओवादीभित्र सहमतिका आधारमा पदाधिकारी चयनमा सकस देखिएपछि आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ । गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो ।
त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएका छैनन् ।




प्रतिक्रिया