भारतीय विद्यार्थीको उद्धारमा सहयोग गर्न मोदीले मागे युक्रेनका राष्ट्रपतिसँग सहयोग

भारतीय विद्यार्थीको उद्धारमा सहयोग गर्न मोदीले मागे युक्रेनका राष्ट्रपतिसँग सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेका छन् । सोमबार भएको दुई शीर्ष नेताबीच करिब ३५ मिनेट फोनवार्ता भएको थियो ।

सो क्रममा प्रधानमन्त्री मोदीले सुमीमा फसेका भारतीय विद्यार्थीको उद्धारमा सहयोग मागेका छन् । समाचार एजेन्सी एएनआईले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै दुई नेताबीच युक्रेनको बदलिँदो अवस्थाबारे छलफल भएको जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच जारी वार्ताको पनि प्रशंसा गरेका थिए । मोदीले युक्रेनका राष्ट्रपतिलाई युद्धको मैदानबाट सुरक्षित रूपमा भारतीयहरूलाई निकाल्न सहयोग गरेकोमा धन्यवाद पनि दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले सुमीमा फसेका भारतीय विद्यार्थीहरूलाई बाहिर निकाल्न जेलेन्स्कीसँग सहयोग मागेका छन् ।