काठमाण्डु– माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा विवाद देखिएको छ । माओवादी केन्द्रको ३४४ जनाको केन्द्रीय समिति छ । जसमा २४७ जनाको केन्द्रीय समिति र बांकी ८५ जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय सदस्यका लागि सोमबार ९७ जनाको नाम प्रस्ताव गरेका थिए ।
दाहालले आफ्नो स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र ज्वांई जिवन आर्चायलाई समेत केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए । उक्त निर्णयको माओवादीभित्र चर्को विरोध भएको छ ।
दाहालले थपेको नाममा बिवाद भएपछी सोमबार ५० जना मात्रै केन्द्रीय सदस्य थप भएका छन् । बांकी ४७ जना केन्द्रीय सदस्य र ८५ जना वैकल्पिक केन्द्रीय सदस्यको निर्णय गर्ने अधिकार भने अध्यक्ष दाहाललाई नै दिइएको छ ।
दाहालले छोरी गंगा र ज्वांई जिवनलाई समेत केन्द्रीय सदस्य बनाएकोमा धेरैले असन्तुष्टि जनाएका छन् । अखिल क्रान्तिकारीकी अध्यक्ष पंचा सिंहलाई केन्द्रीय सदस्यमा सिफारिस गरिएको छैन । वाइसिएलका अध्यक्ष सुमन देवकोटा,प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाको नाम भने केन्द्रीय सदस्यमा सिफारीस गरिएको थियो ।
सिंहले असन्तुष्टि जनाउंदै समाजिक संजाल फेसवुकमा लेखेकी छिन् – ‘हैट, दोस्रो दर्जा बन्ने बनाउने दुवै तरिका खारेज गरेर हिँडेको हो, फेरि नदोहो¥याऊ ।’
माओवादी अध्यक्ष दाहालले प्रस्ताव गरेको केन्द्री सदस्यहरुको सूचीप्रती बैठकमा शशी श्रेष्ठ, नरबहादुर विष्ट, ओम शर्मा, सुदन किराती र रामदीप आचार्यसहितका नेताले असहमति राखेका थिए । माओवादीले सोमबार थप गरेका केन्द्रीय सदस्यमध्ये ३७ नेता यसअघि नै केन्द्रीय प्रतिनिधी रहेका,९ जना मधेषबाट प्रतिनिधित्व गर्ने र ४ जना दलित समुदायको कोटाबाट परेका हुन् ।
माओवादी केन्द्रले पदाधिकारी चयन गर्न केन्द्रीय समिति बैठक बोलाएपनि त्यसमा बिवाद भएपछी ५० जना केन्द्रीय सदस्य थप्दै बैठक सम्पन्न भएको छ । गत पुसमा सम्पन्न माओवादीको आठौं राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रीय कमिटीलाई दिएको थियो ।
माओवादीको सोमबार बस्ने बैठकले पदाधिकारी,स्थायी समिति र पोलिटब्युरो गठन गर्ने अपेक्षा गरिएको थियो । तर, महासचिवलगायत अन्य पदाधिकारीमा बिवाद हुंदा माओवादी केन्द्र पदाधिकारी चयन गर्न असफल भएको हो । माओवादीमा महासचिवका लागि नेताहरु शक्ति बस्नेत,जनार्दन शर्मा र वर्षमान पुनबीच तिव्र प्रतिस्पर्धा छ ।
नेताहरुबीच बिवाद सहमति नहुंदा महासचिवसहित पदाधिकारी चयन गर्न माओवादीभित्र समस्या भएको हो । माओवादी केन्द्रको आगामी जेठ २० मा बस्ने अर्को बैठकले पदाधिकारी चयन गर्ने सम्भावना छ ।




प्रतिक्रिया