काठमाण्डु – काठमाण्डुको नागर्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।
डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डुका एसपी दिनेश मैनालीले जानकारी दिए ।
उनीहरुले विष आत्महत्याको प्रयास गरेका हुन् । विषाधी औषधी सेवन गरेका पाँचमध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको छ ।
मृत्यु हुनेमा काठमाण्डु महानगरपालिका–१५ डल्लु स्थायी घर भएका ३३ वर्षीय सुर्वणमान प्रधान रहेका छन् भने बेहोस अवस्थामा रहेका अन्य घाइतेहरुको ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षका भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा छैनन् ।
उनीहरुले विषादी औषधि सेवन गर्नुको कारण तथा समय नखुले पनि हाल प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको प्रहरी स्रोतको भनाई छ ।




प्रतिक्रिया