एमाले प्रवेश गर्ने तयारी गरेपछि माओवादीले गर्‍यो रंगेलीका मेयरमामाथि कारबाही

एमाले प्रवेश गर्ने तयारी गरेपछि माओवादीले गर्‍यो रंगेलीका मेयरमामाथि कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) लाई कारबाही गरेको छ ।

पार्टी त्याग गरि नेकपा एमाले प्रवेश गर्ने निश्चित भएपछि माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाहीको घोषणा गरेको हो ।

माओवादीका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले ‘पार्टी हित विपरित काम गरेको’ भन्दै २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जानकारी दिएका छन् ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया बुधबार एमाले प्रवेश गर्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेलीमै पुगेर उनीसहितका जनप्रतिनिधिलाई एमालेमा स्वागत गर्दैछन् ।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिएका थिए ।

स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए ।