काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य देवी सुवेदीसहित करिब ४ सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जसपाका ९ केन्द्रीय सदस्य, संविधान सभा सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सय जना आज एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई पोखरामा आयोजित एक विशेष कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् ।
केन्द्रीय सदस्य सुवेदीसहित संविधानसभा सदस्य डिबी नेपाली, कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन एमालेमा प्रवेश गरेका हुन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथीमा एमाले अध्यक्ष केपी शर्मा ओली, अतिथिहरुमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल,स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत केन्द्रिय नेताहरुको बाक्लो उपस्थिति थियो ।




प्रतिक्रिया