उद्योग वाणिज्य संघ रोल्पा अध्यक्षमा एमालेनिकट आचार्य विजयी

उद्योग वाणिज्य संघ रोल्पा अध्यक्षमा एमालेनिकट आचार्य विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा आचार्यले सत्ता गठबन्धन पक्षबाट उम्मेदवार भएका वसन्त सुवेदीलाई हराउँदै उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित भएका हुन् ।

 एमालेनिकट आचार्यले सुवेदीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । अध्यक्ष र केही सदस्यमा निर्वाचन भएको थियो । अन्य पदमा भने यसअघि नै सर्वसम्मरुपमा निर्वाचित भइसकेका छन् ।

प्रथम उपाध्यक्षमा मिलन रोका, द्वितीय उपाध्यक्षमा गोपाल श्रेष्ठ, महासचिवमा कमल घर्ती र कोषाध्यक्ष प्रशान्त घर्ती सर्वम्मत निर्वाचित भएका छन् ।