काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । बुधबार काठमाण्डु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा आयोजित बुथ कार्यसमिति गठन समारोहलाई सम्बोधन गर्दै उनले एमसीसी नेपालको हितका लागि भएको दावी गरेका हुन् ।
त्यसैगरी उनले नेपाली कांग्रस सरकारमा नहुदाँ खेरि पनि एमसीसीको पक्षमा उभिएको समेत बताए । ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो’, नेता सिंहले भने ।
उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि दावी गरे । ‘एमसीसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गरियो’, सिंहले भने, ‘राष्ट्रघाती भए संघीय संसदबाट पास हुन्थ्यो त? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन ।’
त्यसैगरी नेता सिंहले अब स्थानीय तहको चुनावमा नेपाली कांग्रेस जनताको घरघरमा पुगेर मत माग्ने पनि बताएका छन् ।




प्रतिक्रिया