काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई देश बनाउने नीति नभएको बताएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई देश बनाउने नीति नभएकाले एमालेको विरुद्धमा जान नसक्ने आरोप लगाएका हुन् ।
‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन । काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’ अध्यक्ष ओलीले भने । त्यसैगरी उनले आफू प्रधानमन्त्री हुँदा देशको विकासको गति तिब्र रुपमा अगाडि बढाएको दाबी गरे ।
उनले भने ‘दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ ।’ ओलीले आफू प्रधानमन्त्री हुँदा काम गर्न नदिएका कारण संसद विघटन गरेको समेत बताएका छन् ।
‘अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्तिए । संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि, आफ्नै पार्टीका सांसदहरू विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।’, अध्यक्ष ओलीले भने ।
त्यसैगरी उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी पार्टी नभएर भ्रम र अन्योलको गुण भएको समेत अध्यक्ष बताएका छन् । ‘त्यस्ता मान्छेका पछि लागेर जिन्दगी किन खेर फाल्ने त्यसकारण म तमाम कार्यकर्ताहरूलाई आग्रह गर्न चाहन्छु । प्रचण्डको पार्टी कुनै पार्टी नै होइन, भ्रमको एउटा गुण हो । अन्योलको गुण हो । त्यसलाई ढिलो नगरिकन परित्याग गर्नुहोस् । एमालेमा आउनुहोस् ।




प्रतिक्रिया