प्रधानमन्त्री बनार्याैं अहिले हाम्रै अपमान गर्दै हिड्ने काम केही कांग्रेसी नेताले गरिरहेका छन् : प्रचण्ड

प्रधानमन्त्री बनार्याैं अहिले हाम्रै अपमान गर्दै हिड्ने काम केही कांग्रेसी नेताले गरिरहेका छन् : प्रचण्ड

कांग्रेसले गरेको अपमान सह्य हुन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीकै कारण सरकार सञ्चालन गर्ने अबस्थामा पुगेको कांग्रेसलाई अपमान गर्ने नैतिकता नभएको बताएका छन् ।

बुधबार बाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई ललीतपुरको गोदावरीमा संबोधन गर्ने क्रममा अधयक्ष प्रचण्डले अपमान सहन नसकिने बताएका हुन्

‘हामीले प्रधानमन्त्री बनार्याैं अहिले हाम्रै अपमान गर्दै हिड्ने काम केही कांग्रेसी नेताहरुले गरिरहेका छन् यो स्वीकार्य छैन’ उनले भने,‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ।’माओवादीकै कारण प्रधानमन्त्री हुने अबसर पाएको कांग्रेसले गरेको अपमान असह्य भएको उनको भनाई छ ।

त्यस्तै उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संशोधन गरेर मात्रै पारित गर्ने पक्षमा आफूहरू रहेको भए पनि गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणा गरेको प्रचण्डको भनाइ थियो।